गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् ।
शनिबारदेखि काठमाडौंमा जारी १२औँ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्य पछि हटेर शर्मालाई समर्थन गरेपछि नेतृत्व निर्विरोध भएको निर्वाचन आयुक्त टिबी कार्कीले बताए । अध्यक्षका दुई प्रत्याशी उपाध्यक्षमा बस्न राजी भएका छन् । अन्य पदाधिकारीको बाँडफाँ६ सोमबार गरिने एनआरएनए निर्वाचन आयोगले जनाएको छ ।
बज्राचार्यले आइतबार साँझ पत्रकार सम्मेलन गरी संघको बृहत् एकताका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।