प्रतिकूल परिस्थितिका बाबजुद सम्मानजनक मत प्राप्त : उज्यालो नेपाल

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिकूल परिस्थितिका बाबजुद प्रतिनिधिसभा निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेको बताएको छ। दुईदिने विशेष समीक्षा बैठकले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएको पार्टीका प्रवक्ता डा. राजु थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘अत्यन्त सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएको’ विज्ञप्तिमा बताइएकाे छ।

बैठकले आगामी दिनमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने निष्कर्ष निकालेको छ। यसैगरी, पार्टीको संगठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनाहरूलाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको बताइएको छ।

‘बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा निष्कर्षहरूलाई आधार बनाई देशव्यापी संगठन सुदृढीकरण, जनतासँग निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण, रचनात्मक खबरदारी तथा मूलधारको राष्ट्रिय राजनीतिक शक्ति निर्माणको दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ,’ उज्यालो नेपालले भनेको छ।

सुझावित समाचार