सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
‘२०८२ भदौ २३ र २४ गते को प्रदर्शनका क्रममा भएको जाँचबुझ गर्न गठित जाँचबुझ आया पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने,’ बैठकका निर्णय सुनाउँदै अर्यालले भने।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गत २५ फागुनमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। सरकारले प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरे पनि प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने कुनै निर्णय भएको छैन।