राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८१/८२ मा स्थानीय तहहरूले कार्यसम्पादन गरेको मूल्यांकनमा रामेछापका ८ वटा स्थानीय तहमध्ये मन्थली नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनमा मन्थली नगरपालिकाले ७५.०७ अंक प्राप्त गरी पहिलो स्थान ओगट्न सफल भएको हो। त्यस्तै, आयोगले गरेको मूल्यांकनमा रामेछाप नगरपालिका ६६.४४ अंक ल्याएर दोस्रो स्थानमा परेको छ। यसैगरी, उमाकुण्ड गाउँपालिकाले ६३.८३ अंक प्राप्त गरी तेस्रो स्थानमा परेको हो।
त्यसैगरी, सुनापति गाउँपालिकाले ५९.७९ अंक प्राप्त गरेको छ भने गोकुलगंगा गाउँपालिकाले ५६.७५ प्राप्त गरेको छ भने खाँडादेवी गाउँपालिकाले ५६.१७ प्राप्त गरेको छ। यस्तै, लिखु तामाकोशी गाउँपालिकाले ५४.३३ र दोरम्बा शैलुङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ।
स्थानीय तहहरूको कार्यसम्पादन, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सेवा प्रवाहलगायतका सूचकका आधारमा मूल्यांकनको गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ।