सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ।
फागुन २९ र ३० गते दुई दिनसम्म काठमाडौंमा भएको प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत आठ टिममा बैंकका ८४ जना विभाग तथा शाखाका कर्मचारीहरूको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्ता कार्यक्रमले संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धतासमेत झल्काउने बताए। प्रतियोगिताका विजेताहरूलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कार वितरण गरेका थिए।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४ र २०२५’को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गर्दै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा ल्याएको छ। जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।