आइतबार सुनको भाउ तोलामा चार हजार आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला तीन लाख नाै हजार चार सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुनको भाउ तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च रेकर्ड हो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार २७० रुपैयाँमा झरेको छ। गत माघ १५ गते चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च रेकर्ड हो।