सुर्खेतको वीरेन्द्रनगरस्थित इनिसा विक अध्ययन गर्ने विद्यालय उषा बालबाटिकाका विद्यार्थी न्यायको माग गर्दै आन्दोलित बनेका छन् ।
उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसाको बलात्कारपछि हत्या भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै विद्यार्थीले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा शुक्रबार धर्ना दिएका छन् ।