एलजी इलेक्ट्रोनिक्सले नि:शुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीको आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै नि:शुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको हो ।
यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना एयर कन्डिसनर प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवाशुल्कविना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । यसले राम्रो कुलिङ कार्यक्षमता, सुधारिएको ऊर्जा दक्षता तथा उत्पादनको लामो आयु सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
यो शिविरमा ग्राहकले विभिन्न लाभ पनि पाउनेछन् । जसअनुसार, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिद गर्दा २० प्रतिशत विशेष छुटका साथै चार हजार रुपैयाँबराबरको नि:शुल्क इन्स्टलेसन सुविधाप्राप्त गर्न सक्नेछन् ।
यस्तै, आफ्नो पुरानो एसी साटेर नयाँ मोडेलमा अपग्रेड गर्ने ग्राहकहरूले पनि एसी एक्सचेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन्, जसले गर्दा नवीनतम एलजी एयर कन्डिसनिङ मोडेलमा सजिलै स्विच गर्न सकिने बताइएको छ ।
सेवा शिविरमा सहभागी हुने ग्राहकले तीन हजारबराबरका दुईवटा कुपन पनि प्राप्त गर्नेछन् । यसको मान्यता ६ महिना हुनेछ । यो कुपनले प्रारम्भिक सेवापछि पनि निरन्तर मर्मतसम्भार सहयोग सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । अपग्रेड प्रक्रियालाई अझ सहज बनाउन, एलजी, सिजी इलेक्ट्रोनिक्समार्फत सजिलो किस्ताबन्दीको सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
शिविरको सुविधा लिन इच्छुक ग्राहकले सिजी केयर आधिकारिक क्युआर कोड स्क्यान गरेर वा हटलाइन नम्बरमा सम्पर्क गरी दर्ता गराउन सकिनेछ । यो सेवा पहलमार्फत एलजीले नेपालभरका घरपरिवारलाई उन्नत कुलिङ प्रविधि, भरपर्दो सेवा तथा ग्राहककेन्द्रित समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको कम्पनीको भनाइ छ ।