सिएफ मोटो २५० डुअल इएफआई मोटरसाइकल सार्वजनिक गरिएको छ । सिएफ मोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले राजधानीमा एक कार्यक्रम गरी उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार एड्भेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतीक्षित मानिएको यो मोडेल नेपाली बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । नेपालको भूगोल सुहाउँदो सडकलाई ध्यानमा राखी तयार पारिएको हो ।
सिएफ मोटो २५० डुअल इएफआईमा २४९ सिसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणालीयुक्त इन्जिन जडान गरिएको छ । यो मोटरसाइकल सहरका सडकदेखि अफरोड यात्रासम्मका लागि उपयुक्त हुने गरी ‘डुअल पर्पोज’ डिजाइनमा तयार गरिएको छ ।
दुई सय ४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकल नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त हुने बताइएको छ । साथै, डिस्क ब्रेक र उन्नत ब्रेक प्रणालीले सवारी सुरक्षामा सहयोग पुर्याउने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य पाँच लाख ४९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।