राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर ३ बाट विजयी उम्मेदवार सोविता गौतमले निर्वाचन खर्च पेस गरेकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालयमा उनले आफ्नो निर्वाचन खर्च पेस गरेकी हुन् । उनले निर्वाचनमा नौ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको जानकारी गराएकी छिन् ।
उनले सबैभन्दा बढी निर्वाचन प्रचारप्रसार सामग्रीमा खर्च गरेकी छिन् । त्यसमा उनको खर्च तीन लाख १६ हजार चार सय रुपैयाँ छ । त्यस्तै, अर्काे धेरै खर्च रासन, खाद्यान्न तथा पानीमा छ । उनले त्यसमा एक लाख १८ हजार रुपैयाँ खर्च भएको जनाएकी छिन् ।