महालक्ष्मी विकास बैंकले फेवाताल किनारमा पदयात्रा कार्यक्रम गरेको छ । बैंकले २४–२५ फागुनमा आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशाला आयोजना गरेको हो । कार्यक्रममा वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा गरिएको बैंकले जनाएको छ ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीको उत्साहजनक सहभागिता थियो । दुईदिने कार्यशालाले हालको वित्तीय अवस्था, निर्वाचनपछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीको समेतको विश्लेषण गरेको छ ।
बैकिङ क्षेत्रले दिगो वित्तीय अभ्यास अपनाउनुपर्छ भन्ने सन्देश आमजनमानसमा प्रवाह फेवाताल किनारमा सामूहिक रूपमा पदयात्रा गर्दैै कार्यक्रम आयोजना गरिएको बताइएको छ । साथै, कार्यक्रममा हरित बैकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो ।