माघमा बढ्यो मुद्रास्फीति

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

माघ महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ। गत वर्षको तुलनामा मुद्रास्फीति केही कम भए पनि पुसको तुलनामा वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। पुसमा २.४२ प्रतिशत रहेको मुद्रास्फीति मघमा ३.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको माघमा भने ४.१६ प्रतिशत थियो।

आर्थिक वर्ष ०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८६ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, घिउ तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ।

सुझावित समाचार