कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित उम्मेदवार जनकसिंह धामीले चुनावी खर्च बुझाएका छन् । निर्वाचन सम्पन्न भएको एक सातामै रास्वपा उम्मेदवार धामीले चुनावी खर्च बुझाएका हुन् । बुधबार स्वयं निर्वाचित सांसद धामीले निर्वाचन अधिकारी हरिशचन्द्र जोशीलाई निर्वाचन खर्च बुझाएका छन् ।
धामीले आयोगले तोकेभन्दा कम २१ लाख ५५ हजार ६६५ रुपैयाँ खर्च गरेका छन् । निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारीका अनुसार निर्वाचित सांसद धामीसहित लोकराज भट्ट, बचनबहादुर सिह, धर्मानन्द जोशी र प्रेमवती रानाले खर्च बुझाइसकेको बताए ।