गत २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणना सम्पन्न भएको छ । बुधबार देशैभरिबाट सम्पन्न मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचाैँ र राष्ट्रिय प्रजातन्त्र पार्टीले छैटौँ स्थान हाँसिल गरेका छन् ।
यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टीबाहेक राष्ट्रिय दलको मान्यता पाउने पाँचवटा पुराना पार्टी हुन् । राष्ट्रिय दलको मान्यता पाउन तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने प्रावधानअनुसार अन्य कुनै पनि नयाँ पार्टीले नकटाएका कारण श्रम संस्कृति पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएको हो ।