कालंगा हाइड्रो लिमिटेड र सानिगाड हाइड्रो लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गर्न अनुमति पाएका छन् । यी दुई कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । जसअनुसार कालंगाले प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।
त्यसैगरी, सानिगाडले पनि प्रतिकित्ता १०० कै दरमा ८५ लाख ५० हजार कित्ता सेयर बिक्री खुलाउनेछ । यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सन्राइज क्यापिटलले पाएको छ ।