सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विविध कार्यक्रम गरी १५औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले २५ फागुनमा संस्थाको कर्पोरेट कर्यालय, ललितपुरमा मनाएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोक्षप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधि, संस्थाका कर्मचारीलगायतको उपस्थिति थियो । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सिइओ पंगेनीले संस्थामा दीर्घसेवा गरेका कर्मचारीलाई सम्मान गरेका थिए ।
साथै, प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेसनरी सामग्री हस्तान्तरण गरिएको थियो । उनले संस्थाले अति विपन्न वर्गलाई सेवा दिएर उनीहरूलाई आत्मनिर्भर बनाई देशको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको जानकारी गराए । संस्थाले हाल सातै प्रदेशका ५५ जिल्लामा एक सय ६७ शाखा कार्यालयमार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आइरहेको छ ।