मोदीको पोस्टमा बालेनको प्रतिक्रिया : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबिचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक्स पोस्टमा प्रतिक्रिया दिँदै बालेनले दुई देशबिचको सम्बन्धलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन्। भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिचको टेलिफोन सम्पर्कबारे सोमबार एक्समार्फत जानकारी दिएका थिए।

यस्तो छ बालेनको प्रतिक्रिया :
धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू,

नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुईपटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।

सुझावित समाचार