टेक्नोलोजी कम्पनी सामसङले स्मार्ट फोन सिरिज ग्यालेक्सी एस–२६ नेपाली बजारमा सार्वजनिक गरेको छ । एआई प्रविधिमा आधारित एस–२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल प्रविधिसमेत तयार गरिएको कम्पनीको भनाइ छ । यो सिरिज दैनिक फोनमा गर्ने विभिन्न कामलाई सजिलो बनाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ । तालिका व्यवस्थापनदेखि कन्टेन्ट बनाउनसम्म प्रयोगकर्तालाई प्राविधिक जटिलताको सट्टा परिणाममा ध्यानकेन्द्रित गर्न सुनिश्चित गर्नेछ । एस–२६ अल्ट्रा, ग्यालेक्सी एस–२६ प्लस र ग्यालेक्सी एस–२६ मोडेल नेपालमा सोबारदेखि १८ मार्च २०२६ सम्म अग्रिम अर्डर खुला गरिएको बताइएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस–२६ अल्ट्रामा उद्योगमै पहिलोपटक इन–बिल्ट गोपनीयता प्रदर्शन सुविधा समावेश गरिएको छ । जसले स्क्रिनमा देखिने सामग्रीको गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ । यसका साथै सुधारिएको चिपसेट र ताप व्यवस्थापन प्रणालीले पातलो डिजाइनमै छिटो र शक्तिशाली प्रदर्शन दिने बताइएको छ ।
ग्यालेक्सी एस–२६ सिरिज कोबाल्ट भायोलेट र कालो रङमा उपलब्ध हुनेछ ।
ग्यालेक्सी एस–२६ अल्ट्रा (१६/१ टेराबाइट)को मूल्य दुई लाख ९३ हजार नौ सय ९९, १२/५१२ जिबीको दुई लाख ४२ हजार नौ सय ९९ र १२/२५६ को मूल्य दुई लाख १२ हजार नौ सय ९९ तोकिएको छ । यसैगरी, ग्यालेक्सी एस–२६ प्लस १२/२५६ को एक लाख ८२ हजार नौ सय ९९ तथा ग्यालेक्सी एस–२६ १२/२५६ को मूल्य एक लाख ३३ हजार नौ सय ९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्रि–बुकिङ गर्ने ग्राहकले मोडेलअनुसार पाँच हजारदेखि १५ हजार रुपैयाँसम्मको स्टोरेज अपग्रेड अफर प्राप्त गर्न सक्नेछन् ।