आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

आज सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ निष्क्रिय हुने भएको छ। निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि माघ ४ देखि आचारसंहिता लागू गरेको थियो।

‘... निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था मिति २०८२/१०/०४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म लागू गर्ने निर्णय भएकोमा निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२/११/२५ गते राति १२ बजेदेखि लागू नरहने,’ आयोगले विज्ञप्तीमार्फत् जनाएकाे छ।

सुझावित समाचार