श्रम संस्कृति पार्टीले समानुपातिकमा कटायो तीन लाख, राष्ट्रिय दल बन्ने निश्चित

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ। ८६ लाख ५३ हजार ३१८ मत गणना हुँदा उसले तीन लाख चार हजार ५७९ मत पाएको छ। जुन ३ प्रतिशतभन्दा धेरै हो।

पछिल्लो समय उसले समानुपातिक मतमा आफ्नो प्रतिशत बढाइरहेको छ। जसकारण श्रम संस्कृति राष्ट्रिय दल बन्ने निश्चित भएको छ। राष्ट्रिय दल बन्न समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउनुपर्ने हुन्छ । सो दलले प्रत्यक्षतर्फ तीन सिटमा जित हात पारेको छ। अहिलेकै मतकोे प्रतिशतका आधारमा उसले समानुपातिकमा चार सिट पाउने देखिएको छ। 

यसपटक ६ वटा दल राष्ट्रिय पार्टी हुने भएका छन्। 

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल हुनेछन्। 

सुझावित समाचार