निर्वाचन आयोगले समानुपातिकतर्फ ८५ लाख मतगणना सकेको छ। पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिशत खस्किएको छ।
८५ लाख ३५ हजार २४० मत गणना हुँदा रास्वपाले ४१ लाख २३ हजार ८१ पाएको छ। जुन ४८.३० प्रतिशत हाे । सुरुवाती गणनामा रास्वपाले ५० प्रतिशतभन्दा धेरै पाएको थियो। उसको प्रतिशत घट्दा श्रम संस्कृति पार्टीको बढेको छ।
नेपाली कांग्रेसले ८५ लाखमा उसले १३ लाख ८३ हजार ८७३ मत पाएकाे छ। जुन १६.२१ प्रतिशत हो।
त्यस्तै, एमालेको ११ लाख ६७ हजार १५७ पुगेको छ। जुन १३.६७ प्रतिशत हो।
नेकपाको ६ लाख हजार ५६४ र श्रम संस्कृति पार्टीको दुई लाख ९७ हजार १९७ मत पाएको छ। श्रम संस्कृति राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ।
राप्रपाको दुई लाख हजार ६११ मत रहेको छ।