नेप्सेमा लाग्यो दोस्राे सर्किट : सेयर कारोबार ४० मिनेटका लागि स्थगन

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

नेप्सेमा दोस्राे पजिटिभ सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट लागेर बन्द भएपछि खुलेको बजारमा पुन: दोस्रो सर्किट ब्रेक लागेकाले सेयर कारोबार ४० मिनेटका लागि स्थगन गरिएको छ ।

कुल ५ प्रतिशतले नेप्से बढेकाले कारोबार ४० मिनेटका लागि हल्ट गरिएको हाे । पहिलो सर्किटपछि खुलेको सेयर बजार ५ प्रतिशत (१३५.७२ अंक) ले बढेर २८४८.२२ विन्दुमा पुगेको छ । 

चुनाव र सार्वजनिक बिदाका कारण पाँच दिनदेखि बन्द सेयर कारोबार सोमबारबाट खुलेको हो । पछिल्लोपटक गत मंगलबार अर्थात् १९ फागुनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुला थियो । २१ फागुनमा भएको चुनावका लागि सरकारले २०, २१ र २२ गते सार्वजनिक बिदा दिएको थियो ।

त्यसपछि २३ गते शनिबार र २४ गते नारी दिवसका कारण सार्वजनिक बिदा भयो । सोही कारण करिब सोमबारदेखि भने नियमित रूपमा सेयर कारोबार खुला हुनेछ । नेप्से बन्द हुनुअघि १९ फागुनमा ३८.५२ अंकले वृद्धि भएर २७१२.४९ अंकमा रहेको थियो । 

सुझावित समाचार