अबको अपेक्षा स्थिर सरकार र समृद्धि : एनबिआई

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)ले जननिर्वाचित अबको सरकारले स्थिरता, सुशासन र समृद्धि दिनुपर्ने बताएको छ । सफलतापूर्वक आमनिर्वाचन सम्पन्न भएको भन्दै एनबिआईले जनताको अबको अपेक्षा स्थिर सरकार, सुशासन र समृद्धि भएको जनाएको हो । 

एनबिआईले भर्खरै सम्पन्न निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकको भूमिका निर्वाह गरेको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको आन्तरिम सरकारले मुलुकभरका एक सय ६५ वटै क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरेको एनबिआईको ठहर छ । 

‘गत भदौमा घटेको जेन–जी आन्दोलनपश्चात् असाधारण परिस्थितिमा गठन भएको अन्तरिम सरकारको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको आमनिर्वाचनप्रति एनबिआई सन्तोष व्यक्त गर्दछ,’ एनबिआईको विज्ञप्तिमा उल्लेख छ, ‘अब दिगो शान्ति स्थापना, आर्थिक स्थायित्व र समृिद्धका लागि कार्यरत राष्ट्रिय व्यावसायिक पहलले नवनिर्वाचित सरकारबाट भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र सुशासनद्वारा मुलुकलाई स्थायित्व र समृद्धितर्फ डोर्याउनेछ भन्ने दृढ अपेक्षा राख्छ ।’ एनबिआईले नवनिर्वाचित सरकारसँग विभिन्न क्षेत्रमा संवाद एवं सहकार्य गर्नेसमेत जनाएको छ । ‘मुलुकको दिगो विकास र समृिद्धका लागि समाज र व्यवसाय एक–अर्कामा निर्भर छन् । सफल समाजविना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसायविना समाज सफल बन्न सक्दैन भन्ने नारासहित एनबिआई क्रियाशील छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘एनबिआईले नवनिर्वाचित सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन र आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्छ ।’

See More On

सुझावित समाचार