सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टाटस’मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन्।
साम्पाङले ‘लु, अबचाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!’ भन्दै लेखेको स्टाटसमा रास्वपाका वरिष्ठ नेता साहले प्रतिक्रिया जनाएका हुन्।
साम्पाङको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘तपाईंलाई सधैँ माया थियो, छ र रहिरहनेछ। तपाईं र धरानलाई सधैँ माया रहन्छ।’ साम्पाङको अभिव्यक्ति र बालेनको प्रतिक्रियामा अन्यले समेत प्रतिक्रिया जनाएका छन्।