कञ्चनपुरमा ४४ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रका ४४ उम्मेदवारको धरौटी जफत भएको हो । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ स्वतन्त्रसहित १६ दलका उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिशचन्द्र जोशीले सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने बताए । निर्वाचन अधिकारी जोशीले प्रत्यक्ष सकिएर समानुपातिक मत गणना भइरहेको बताए । पूर्वसासद पुरन राना, पूर्वप्रदेशका राज्यमन्त्री मानबहादुर सुनार, पूर्वआरक्ष आयोगका अध्यक्ष पूर्णबहादुर चन्दसहितका सबै स्वतन्त्र उम्मेदवारले धरौटी बचाउने मत कटाउन सकेनन् ।
क्षेत्र १ मा ५७ हजार सदर मतअनुरूप पाँच हजार ७०५ मत ल्याउनुपर्ने भए पनि १५ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । दोस्रोपटक चुनाव लडेका राप्रपाका डिल्ली शाहीले एक हजार ५६०, जनमोर्चाका राजाराम चौधरीले ३९६, नेककिपामा कटकबहादुर शाहीले ३४, प्रलोपाका देपेन्द्रबहादुर शाहीले ३६, मंगोल अर्गनाइजेसनका हुमबहादुर गुरुङले ४६, नेकपा विप्लव माओवादीका पुरन रानाथारूले २४८, संयुक्त नागरिक पार्टीका दानियल विकले ३६, मितेरी पार्टीका सीताराम रानाले १२, उज्यालो नेपाल पार्टीका माइकल तामाङले ७५९, नाउपा नेपालका कृष्णबहादुर चौधरीले ९६७, आम जनता पार्टीकी सीता विकले ८७, स्वतन्त्र सीता विष्टले ६०८, यादव सिंहले १६८, अनिल रानाले ७६, सीता विकले ८७ र मञ्जुदेवी सुनारले २० मत ल्याएर धरौटी जोगाउन सकेनन् । क्षेत्र १ मा ५० हजार १२३ पुरुष, ५१ हजार ५८८ महिला गरेर एक लाख एक हजार ७२४ मतदातामध्ये ३३ हजार ४०३ पुरुष, २७ हजार ७६१ महिला गरेर कुल ६० हजार ७८५ मत खसेकाे थियाे । जसमध्ये ५७ हजार ५१ सदर र तीन हजार ७३४ बदर भएकाे थियाे ।
क्षेत्र २ मा ६१ हजार ११७ सदर मतअनुरूप धरौटी जोगाउनका लागि ६ हजार ११७ ल्याउनुपर्ने भए पनि १५ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । राप्रपाका तीर्थराज चटौतले एक हजार ९९३, जनमतका रामचन्द्र भट्टले १२५, नेमकिपामा सीताराम रानलो ७२, जनमोर्चाका रामबहादुर सार्कीले १४५, संयुक्त नागरिक पाटीका खडक ताम्राकारले ३२, मितेर पार्टीका तेजबहादुर बडवालले १८, नेकपा विप्लव माओवादीका लोकेन्द्र विकले १४३, उज्यालोका योगेश साउदले ९३, नागरिक उन्मुक्ति पार्टीका प्रेमवती रानाले ५६०, आम जनता पार्टीका जग्गु चौधरीले ३७, स्वतन्त्र वीरेन्द्र राना ८१, भानुभक्त बोहरा ३६, सिद्धराज जोशी १९ र हरिशबहादुर भट्टले ४४ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेश साउदले रास्वपाकै उम्मेदवार बोहरालाई अन्तिममा आएर समर्थन जनाएका थिए । एक लाख नाै हजार ५७४ कुल मतदातामध्ये ६५ हजार ३४७ मत खसेकाे थियाे । जसमा ६१ हजार ११७ सदर र चार हजार २३० मत बदर भएका थिए ।
क्षेत्र ३ मा ५३ हजार ५४६ सदरअनुरूप धरौटी जोगाउनका लागि पाँच हजार ३५४ मत ल्याउनुपर्ने भए पनि १४ उम्मेदवारले धरौटीसमेत जोगाउन सकेनन् । नेकपामा मानबहादुर सुनारले चार हजार २८४, राप्रपाका पूर्णबहादुर चन्दले तीन हजार ९०२, नेमकिपामा मिनु गिरीले ४२, जनमोर्चाका लालबहादुर कुँवरले ८७, नेकपा संयुक्तका कर्णबहादुर चन्दले ८६, श्रम संस्कृति पार्टीका गंगादत्त जोशीले २२४, मितेरी पार्टीका किरन थापाले ६, नेकपा विप्लव माओवादीका विष्णुप्रकाश उपाध्याले ११६, उज्यालो पार्टीका भीमबहादुर कुमालले २६८, राष्ट्रिय मुक्ति पार्टीका लोकराज भट्टले ७१, आम जनता पार्टीकी लक्ष्मीकुमारी विष्टले ३१, स्वतन्त्र थानेश्वर लेखकले ९५, वीरसिंह क्षेत्रीले २१ र हर्कबहादुर ऐरले १७७ मत ल्याएका छन् । कुल एक लाख तीन हजार ८७ मतदातामध्ये ५८ हजार २०९ खसेकाे थियाे, जसमध्ये ५३ हजार ५४६ सदर र चार हजार ६६३ बदर भएका थिए ।