कार्की आयोगले ११ बजे प्रतिवेदन बुझाउँदै

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनकाे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले आज प्रतिवेदन बुझाउन लागेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा बुझाउन लागेको हो ।

आयोगको म्याद अवधि आज सकिँदै छ । पछिल्लोपटक २५ दिनका लागि सरकारले आयोगको म्याद थप गरेको थियो ।
 

सुझावित समाचार