इलाम क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २२ हजार ४२६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
यसैगरी कांग्रेस उम्मेदवार भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे । यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले १४ हजार चार सय मत ल्याएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुलबहादुर राईले सात हजार ८१४ मत पाए ।