उदयपुर २ मा रास्वपाका सूर्यबहादुर तामाङ विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

निर्वाचनमा नेकपा एमालेका अम्बरबहादुर रायामाझी सात हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । उदयपुर २ का निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार नेपाली कांग्रेसका रामकुमार राईले सात हजार २९० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले पाँच हजार १९७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका बलराज राईले चार हजार १३९ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय परिवर्तन पार्टीका अरुण राईले ६०७, मंगोल नेसनल अर्गनाइजेसनका भाष्कर राईले ३८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर खडकाले २२० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दुर्गाबहादुर तामाङले १५२, जनता समाजवादी पार्टीका केशवबहादुर मगरले १०३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मेजरकुमार राईले ९० मत प्राप्त गर्दा आम जनता पार्टीका बमबहादुर मगरले ८५ तथा नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकीले ४० मत प्राप्त गरेका छन् ।
 

सुझावित समाचार