प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १० उम्मेदवारले ५० हजारभन्दा धेरै मत ल्याएर विजयी भएका छन्। पार्टी सभापति रवि लामिछानेसहित वरिष्ठ नेता बालेन शाहलगायतले ५० हजार मत कटाएका हुन्।
बालेनले ५० हजार मात्र कटाएनन् संसदीय चुनावको इतिहासमै सर्वाधिक मत ल्याए। झापा ५ मा उनी ६८ हजार ३४८ मतसहित विजयी भएका हुन्। नेपालको संसदीय निर्वाचनमा यसअघि कुनै उम्मेदवारले यति धेरै मत ल्याएका थिएनन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी ओलीले १८ हजार ७३४ मत ल्याए।
दोस्रो धेरै मत सोविता गौतमले ल्याइन्। चितवन ३ मा सोबिताले ५९ हजार २७७ मत पाइन्। उनले नेकपाकी रेणु दाहाललाई ३८ हजार ६६२ मतान्तरले पराजित गरिन्।
त्यस्तै, रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले ५८ हजार ८१४ मत पाएर विजयी भए।
चितवन १ मा हरि ढकालले ५८ हजार २०८ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरे। ढकालले बुर्लाकोटीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन्।
रुपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५० र मोरङ ६ मा रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी भए।
रुपन्देही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री सुनील लम्सालले पनि ५० हजार कटाए । उनले ५४ हजार ८४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका प्रज्जवल बोहराले आठ हजार ३०१ मत प्राप्त गरेका छन् । यहाँ एमालेका दधिराम न्यौपानेले सात हजार ४८८ मत प्राप्त गरेका छन् ।
चितवन २ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४०२ मतका साथ विजयी भएका हुन्। अघिल्लो निर्वाचनमा उनले ५० हजार मत पाएका थिए।
त्यस्तै, काभ्रेपलाञ्चोक २ मा रास्वपाकै बदन भण्डारी ५३ हजार ३४४ मत पाएर विजयी भए। उनले ३५ हजार ४०४ मतान्तरसहित कांग्रेसका मधु आचार्यलाई पराजित गरेका हुन्। आचार्यले १७ हजार ९४० मत पाए।
त्यस्तै, नवलपुर १ मा रास्वपाकै राजन गौतमले ५० हजार मत कटाए। उनी५० हजार ९४५ मत प्राप्त गरी विजयी भए।