सुनामीको लहडमा मलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति ऋणी छु: रेनु दाहाल

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले  अहिलेको सुनामीको लहडमा आफूले प्राप्त गरेको मत सम्मानजनक मत भएको बताएकी छिन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएपछि मतदातालाई धन्यवाद दिँदै झन्डै ३० वर्षे राजनीतिक जीवनकालमा आफूले  जीवनको उर्जाशील नौ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरे ।  

जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै आफ्नो सपना ठानेको उनले उल्लेख गरिन् । विकासका लागि जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेको उनको भनाइ छ।१५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएको भन्दै उनले आफूले जनताको अमुल्य मतको सम्मान गरेको उल्लेख गरिन्। 

उनले भनिन् ‘मैले कामद्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु,’ प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन।आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना व्यक्त गर्दछु। चितवनबासीको हक हित, विकास र समृद्धिका लागि भने आफू निरन्तर लागिरहने उल्लेख गरिन् । 
 

सुझावित समाचार