कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेल

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेलले कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि जित हात पारेका छन् । अन्य १६ जना प्रतिस्पिधीलाई पछी पादै विजयी भएका पौडेलले ३१ हजार ९११ मत पाए । 

निकटतम एमालेका रश्मि आचार्यलाई २४ हजार ४१८ मतको फराकिलो अन्तरले पराजित गरेका पौडेल पत्रकारीता छाडेर राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको बलियो पकड रहेको क्षेत्रमा पहिलो प्रयासमै बाजी मारेका पौडेलले जित पछि मतदातालाई हृदयदेखि धन्यवाद व्यक्त गदै यो विजय आफनो व्यक्तिगत नभई सम्पूर्ण कास्की २ का नागरिकको विजय रहेको बताए । मतदाताको साथ र विश्वासलाई सम्मान गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यस क्षेत्रमा कुल ८४ हजार १३४ जना मतदाता रहेकोमा ६२.९० प्रतिशत अर्थात ५२ हजार ५१९ मत खसेकोमा एक हजार ८४४ मत बदर भएको थियो । निकटतम आचार्यले सात हजार ४९३, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोलाले ६ हजार ५००, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमजङ गुरुङले एक हजार ६४३, नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरे ।
 

सुझावित समाचार