हार वा जीतले समाज परिवर्तनको यात्रालाई खासै फरक पार्दैन : एमाले उपाध्यक्ष विष्ट

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले एउटा निर्वाचनको हार वा जीतले समाज परिवर्तनको लामो यात्रालाई खासै फरक नपार्ने बताएका छन् ।  गुल्मी क्षेत्र नं. २ बाट आफूसँग प्रतिस्पर्धा गरेर प्रतिनिधीसभा सदस्य पदमा बिजयी भएका रास्वपाका गोविन्द पन्थीलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । 

उनले आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको हितमा अझ दृढतापूर्वक लागिरहने बताए ।
 

सुझावित समाचार