चितवन–१ मा हरि ढकालको २६ हजारभन्दा बढी मतान्तरले अग्रता

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

 चितवन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकालले फराकिलो अग्रता कायम गरेका छन्।पछिल्लो मतपरिणामअनुसार ढकालले ३४ हजार ४१७ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७ हजार ९८३ मत प्राप्त गरेका छन्। हालसम्मको मतपरिणामअनुसार ढकालले बुर्लाकोटीभन्दा २६ हजार ४३४ मतान्तरले अग्रता बनाएका छन् ।यसैगरी नेकपा (एमाले) का दावा दार्जे लामाले ७ हजार ५०९ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का बलराम शर्माले १ हजार ४७० मत प्राप्त गरेका छन् ।

हालसम्म ५९ हजार ७ मत गणना भएको छ भने २ हजार ३५२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । चितवन–१ मा मतगणना जारी रहेको छ ।
 

सुझावित समाचार