रुपन्देहीमा ३ मा रास्वपाका थापा ५८८१४ मतसहित निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर लेखजंग थापा अत्याधिक मतसहित निर्वाचित भएका छन्।निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डाक्टर थापा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

डाक्टर थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा कांग्रेसका गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यहा राप्रपाका गौरव बाेहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन् ।

रुपन्देही २ र ४ मा पनि रास्वपाका उम्मेदवारहरु विजय भइसकेका छन् । अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरु विजय उन्मुख रहेका छन्।  
 

See More On

सुझावित समाचार