सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश कुमार सापकोटाको जित सुनिश्चित देखिएको छ। लगातार उनले आफ्नो अग्रता कायम राखेका छन्। हालसम्मको मतगणना अनुसार उनी ७ हजार मतान्तरले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार सापकोटाले १८ हजार ५४९ मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका नारायण कोइरालाले ११ हजार ५ मत ल्याएर पछ्याइरहेका छन्।यस्तै ८ हजार ५५७ मत ल्याएर नेकपा एमालेका कुलमणि देवकोटा तेस्रो स्थानमा छन्। नेकपाका झकबहादुर मल्लले ३ हजार ५८१ मत प्राप्त गरेका छन्।