क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले फराकिलो अग्रता कायम गरेकी छिन् ।
पछिल्लो मतपरिणामअनुसार गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेणु दाहालले १० हजार २० मत प्राप्त गरेकी छिन् ।
यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले तीन हजार २८ मत ल्याएका छन् भने नेकपा (एमाले)का शंकरराज थपलियाले दुई हजार ४७७ मत प्राप्त गरेका छन् । चितवन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।