रास्वपाका रवि लामिछानेले बनाए १६ हजारभन्दा बढीको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारभन्दा १६ हजार ८०६ मतान्तरले अगाडि छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार हालसम्मको मतगणनामा लामिछानेले २३ हजार ४५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ६ हजार ६५३ मत पाएकी छन् । त्यसैगरी एमालेका अस्मिन घिमिरेले पाँच हजार ६९ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले दुई हजार ९३३ मत पाएका छन् ।

चितवन २ मा मतगणना अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार