सल्यानमा नेकपाका मल्ललाई एक हजार ४२४ मतान्तरको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्लले एक हजार १४३ मतान्तरको अग्रता कायमै राखेका छन्।

सात हजार २७ मत गणना गर्दा नेकपाका मल्लले दुई हजार ८५१ मत ल्याउँदा रास्वपाका ललितकुमार चन्दले १४२७ मतसहित पछ्याइरहेका छन्। यस्तै, नेपाली कांग्रेसका केशबहादुर विष्टले एक हजार ४२ र एमालेका गुलाबजंग शाहले ८०९ मत प्राप्त गरेका छन्।

जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत अर्थात् ८४ हजार २०१ मत खसेको छ। जसमा महिला ४६ हजार ९५९ र पुरुष ३७ हजार २४२ जनाले मत हालेका छन्। जिल्लामा ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदाता छन्।

सुझावित समाचार