श्रम संस्कृति पार्टीले कोशी प्रदेशका चार निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
पूर्वी पहाडका चार जिल्लामा श्रम संस्कृतिले अग्रता लिएको हो ।
पाँचथरमा हस्तराज शेर्मा, भोजपुरमा ध्रुवराज राई, धनकुटामा सानबहादुर राई र उदयपुर २ मा बलराज राईले अग्रता लिइरहेका छन्।
पार्टीका अध्यक्ष हर्कराज राई भने पछि परेका छन्। सुनसरी १ मा रास्वपाका उम्मेदवारसँग उनी पछि परेका हुन्। त्यहाँ रास्वपाकी गोमा तामाङले एक हजार १५ मत ल्याउँदा हर्कको ३०३ मत रहेको छ।
इलाम २ मा पनि श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। श्रम संस्कृतिका सुदिप राईले २९०७ मत पाउँदा एमालेका सुहाङ नेम्वाङले २४७८ मत प्राप्त गरेका छन्।
त्यस्तै, कांग्रेसका भेषराज आचार्यको १२३०, रास्वपाका गोकुल राईको ९२० र नेकपाका ओम गुरुङको २१६ मत रहेको छ।