भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले मतान्तर बढाएका छन्।
पछिल्लो मतपरिणामअनुसार खत्रीले ११ हजार ४९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतको तीन हजार ११६ मत रहेको छ । रास्वपाका खत्रीले करिब आठ हजार मतान्तरसहित अग्रता कायम राखेका छन्।
कांग्रेसका कबिर राणाले एक हजार ५०३ मत ल्याएका छन् ।