मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। बिहान १०:३० बजेबाट सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो। हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका दुई भवनमा मतगणना भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ भने मकवानपुर १ को गणनाका लागि तयारी भइरहेको छ र केहीबेरमा सुरु हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार