प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीले अग्रता लिएका छन। प्रारम्भिक मतगणनाबाटै अग्रता बनाएका अन्सारीले पछिल्लो मतपरिणामसम्म पनि आफ्नो अग्रता कायम राखेका छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार अन्सारीले दुई हजार ६८३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाल जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्जु साह कानु ५९५ मतसहित दोस्रो स्थानमा रहेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ५०८ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता ३८२ मतसहित चौथो स्थानमा रहेका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय कुशवाहाले ५४ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनाले बारा ४ मा रास्वपाका उम्मेदवार अन्सारीले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य मतान्तर कायम गरेको देखाएको छ। यद्यपि, मतगणना अझै प्रारम्भिक चरणमै रहेकाले बाँकी मतगणनासँगै मतान्तरमा परिवर्तन आउन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।