काठमाडौं १ मा रञ्जु दर्शना विजयीनजिक देखिएकी छिन्। पछिल्लो मतगणना परिणामअनुसार रञ्जुले १३ हजार पाँच सय ९१ मत प्राप्त गरेकी छिन्। कांग्रेसका प्रबल थापाले पाँच हजार ६९६ मत प्राप्त गरेका छन्। राप्रपाका रवीन्द्र मिश्रले तीन हजार पाँच सय मत पाएका छन्।
५७ मतदान केन्द्रमध्ये अब सात केन्द्रको करिब तीन हजार सात सय मत गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रञ्जुले प्राप्त गरेको मत धेरै भएकाले उनले रास्वपामा जितको पहिलो खाता खोल्ने सुनिश्चित देखिएको हो । हालसम्म २६ हजार ११६ मत गणना भइसकेको छ ।