बारा १ : रास्वपाका गणेश धिमालको अग्रता, कांग्रेसका शम्भु दोस्रो

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

बारा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाका उम्मेदवार गणेश धिमालले अग्रता कायमै राखेका छन् । बारा क्षेत्र नम्बर १ को हालसम्मको मतगणना विवरण आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर १, २, ७, ८ को मतपरिणाम कुल खसेको मत चार हजार ५६१ मतगणना गरिएको थिए जसमध्ये २८७ मत बदर भएकाे छ।

पछिल्लो मतगणना अनुसार रास्वपाका धिमालले दुई हजार ४४१ मत ल्याउँदा नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले ७९२ र नेकपा एमालेका अच्युतप्रसाद मैनालीले ७५४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सन्तोष दंगाल ८८ मतसहित चौथो स्थानमा छन्।  

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा रहेका एक लाख २३ हजार ९८५ मतदातामध्ये ८१ हजार ९४६ मत खसेको छ, जुन कुल मतदाताको करिब ६६.०९ प्रतिशत हो। क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

See More On

सुझावित समाचार