दोलखाको तामाकोशी गाउँपालिका– ४, मालु मतदानस्थलमा आज मतदान हुने सम्भावना न्यून देखिएको छ । ५ बज्न लाग्दा पनि मतदान सुरु हुन सकेको छैन ।
कांग्रेस र नेकपा मिलेर बुथ कब्जाको प्रयास गरेको आरोपपछि एमाले र रास्वपाले विरोध जनाएका छन्। विवादका कारण मतदान सुरु हुन सकेको छैन । मतदाताहरू घर–घर पुगिसकेका छन्।
बैठक बसेर केही दिनपछि सो मतदानस्थलमा मतदानको तयारी भइरहेको एक सुरक्षा अधिकारीले बताए।मुख्य निर्वाचन अधिकृतले दलका प्रतिनिधिहरूसँग छलफल गरेर नयाँ मिति तोक्न सिफारिसको तयारी गरेका छन्। त्यहाँ केहीले मतपत्र नै लुटेपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो। उनीहरु रिहा भइसकेका छन्।