पूर्वउपसभामुख रानाले झापाको शनिश्चरे माविबाट गरिन् मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वउपसभामुख इन्दिरा रानाले मतदान गरेकी छिन् । रानाले झापा २ स्थित अर्जुनधारा नगरपालिका– ८ को शनिश्चरे माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रमा मतदान गरेकी हुन् । 

मतदानपछि प्रतिक्रिया दिँदै रानाले आममतदाताले विवेकपूर्ण मतदान गर्ने अपेक्षा गरेकी छिन् । उनले मतदानमा सहभागी हुन र लोकतान्त्रिक अधिकार प्रयोग गर्न अपिलसमेत गरेकी छिन् ।
 

सुझावित समाचार