माधव नेपालले गरे रौतहट क्षेत्र नम्बर १ को घोरबाट मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ को घोरबाट मतदान गरेका छन्।  माधवकुमार नेपाल नेतृत्व रहेको दल नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले आज रौतहटको गौर नगरपालिका– २ मा रहेको मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।

नेपालले रामजानकी कन्या आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पुगेर बिहानै मतदान गरेका हुन्। मतदानका क्रममा सुरक्षाकर्मी एवं जनप्रतिनिधिहरूको उपस्थिति उल्लेख्य रहेकाे छ । निर्वाचनका लागि स्थानीय मतदातामा उत्साह देखिएको छ भने मतदान केन्द्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मतदानपश्चात् नेपालले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सक्रिय सहभागिता अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गर्दै शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न हुने बताए । रौतहटका विभिन्न मतदान केन्द्रमा पनि मतदाताको उपस्थितिले निर्वाचनको माहोल उत्साहित देखिएको छ।

सुझावित समाचार