पद्म ज्योति ग्रुप र ‘रिच्स’बिच सहकार्य

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

व्यावसायिक घराना पद्म ज्योति ग्रुप र भारतको ‘रिच्स इन्डिया’सँग सहकार्य हुने भएको छ । यो सहकार्यले नेपालको फुड सर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने बताइएको छ । 

दुवै कम्पनीबिचको सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिने विश्वास गरिएको छ । ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आए पनि यो नयाँ सम्झौताले ग्राहकसँगको सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्र्याउन विशेष रणनीतिक भूमिका खेल्ने जनाएको छ ।

पद्म ज्योति ग्रुपसँगको यो सहकार्यले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदानप्रदानमा विशेष जोड दिने बताइएको छ । यस अभियानलाई सफल बनाउन पद्म ज्योति ग्रुपले आफ्नो मजबुत पूर्वाधार, स्थापित वितरण सञ्जाल र नेपाली बजारको गहिरो बुझाइलाई पूर्ण रूपमा उपयोग गर्नेछ । 

यो सहकार्यले आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रलाई उच्च गुणस्तरका उत्पादन मात्र नभई प्राविधिक मार्गदर्शन, लाइभ डेमोन्स्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र निरन्तर सहयोगसमेत प्रदान गर्नेछ । यसले ग्राहक र साझेदारका लागि दीर्घकालीन मूल्य र प्रतिफल सुनिश्चित गर्नेछ । 

सुझावित समाचार