नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोजकुमार चौधरी विस्फाेटक पदार्थसहित पक्राउ परेका छन्। मंगलबार उनी चढेको गाडीमा विस्फाेटक पदार्थ भेटिएपछि उनीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा.१०च १२५० नम्बरको गाडीमाथि शंका लागेर चेकजाँच गर्दा उक्त गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र विस्फाेटक वस्तु फेला पारेको हो ।
पक्राउ पर्नेहरूमा बारा पर्सौनी गाउँपालिकाका २६ वर्षीय सहाव आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की, पर्साका ६८ वर्षीय सत्यनारायण थारू रहेका छन् । पक्राउ परेकाहरूमाथि विस्फाेटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीको भनाइ छ ।
