गजेन्द्रनारायण सिंह अस्पतालमा निर्वाचनलक्षित स्वास्थ्य आपतकाल व्यवस्थापन समिति गठन

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालले स्वास्थ्य आपतकालीन समिति गठन गरेको छ। अस्पतालका  डा.  सन्दीपकुमार साहको संयोजकत्वमा रहेको सो टोलीमा ६ जना चिकित्सकसहितको १७ सदस्य समिति गठन भएको छ।

निर्वाचन अवधिमा हुन सक्ने घटनाबाट आइपर्ने स्वास्थ्य आपतकाल व्यवस्थापन गर्न जिल्लाकै प्रमुख अस्पताल भएकाले पूर्वतयारीस्वरूप यो समिति गठन गरिएको अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्रले जानकारी दिए ।

उनले भने, निर्वाचनको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकाल व्यवस्थापन चाँडो होस् भनेर यो समिति गठन गरिएको हो, सरकारकै निर्णयअनुसार निर्वाचनको समयमा हुन सक्ने आपतकालीन स्वास्थ्य जोखिमको चाँडाे सम्बोधन गर्न हामी तयारी अवस्थामा बसेका छौँ, समिति निर्वाचन अवधिभर २४सै घण्टा अलर्ट हुन्छ ।’

सुझावित समाचार